काङ्ग्रेस केन्द्रिय सदस्य मधु र गणेश, प्रतिनिधि सभा सभापति महेशलाई कारवाही सिफारिस
शनिबार, पौष ०२, २०७९ | १८:५८:२९

काभ्रे । नेपाली काग्रेस काभ्रेले केन्द्रिय सदस्य मधु आचार्य, गणेश लामा तथा प्रतिनिधि सभा २ का सभापती महेश खरेललाई साधारण सदस्य समेत नरहने गरि कारवाहीको सिफारिस गरेको छ ।
नेपाली काङ्ग्रेसका एक जिल्ला सदस्यका अनुसार केन्द्रमा सिफारिस गर्ने निर्णय गरिएको हो । त्यस्तै कम मत आएको ठाउँमा सम्बन्धित पालिका कमिटिले स्पष्टीकरण सोध्न सक्ने निर्णय गरेको हो ।
त्यस्तै प्रदेश सभामा बिजय भएका कन्चनचन्द्र बादे र प्रतिनिधि सभाका उम्मेदवार बिचको मत कम हुनुको कारण बारे समेत स्पष्टीकरण सोध्ने निर्णय गरेको बताइएको छ ।