जीवनोपयोगी सामाग्री बनाउन सिक्दै जनहित माबिका विद्यार्थी

काभ्रे । सामान्यतय विद्यालयका जाने विद्यार्थीहरूले के गर्छन् भनेर प्रश्न गर्दा सबैको साझा जवाफ हुने गर्छ कि विद्यालयमा विद्यार्थीले पढ्ने र सिक्नुका साथै विद्यालयका गुरुले दिएका गृहकार्य गर्छन् ।

हामीले झट्ट सम्झिँदा र बुझ्दा मानसपटलमा त्यही कुराको चित्र आउने गर्छन् । त्यसभन्दा बढी सोचे विद्यालयको तालिका अनुसार कहिलेकाहीँ मनोरञ्जन गर्छन् । विद्यालयले १ बजे दिने टिफिनको समयमा कोही खाजा त कोही अधुरो गृहकार्य तथा फुटबल, भलिबल आदिमा व्यस्त हुन्छन् ।

तर काभ्रेको नमोबुद्ध नगरपालिका–७ स्थित रहेको श्री जनहित माध्यमिक विद्यालयका विद्यार्थी भने केही फरक क्रियाकलाप गरिरहेको भेटिन्छन् । विद्यार्थीहरू पढाइको अतिरिक्त विभिन्न मनोरञ्जन तथा जीवन उपयोगी सामग्री बनाउन सिक्ने र सिकाउने काम गरिरहेका छन् ।

विद्यालयका प्रधानाध्यापक तीना शिल्पकारका अनुसार विशेषगरी कक्षा ८ देखि १० सम्मका विद्यार्थी यसमा अतिरिक्त क्रियाकलापमा समेत सहभागी छन् । आफूले जानेका र सिकेका कलालाई विद्यालयमा प्रस्तुत गर्न लगाउँदा विद्यार्थीमा अध्ययनसँगै नयाँ खोजमा थप हौसला मिल्नुका साथै उनको कला क्षमतामा समेत बृद्धि हुने गरेको प्रधानाध्यापक शिल्पकारको भनाइ छ ।

उक्त विद्यालयको कक्षा ८ मा पढ्दै गरेकी उषा तामाङले बनाएको ढोको प्रर्दशनीमा मुख्य आकर्षणको रुपमा देखिन्थे । उनले सुरुमा डोको बनाउन घरमा बुबासँग सिकेको भएपनि विद्यालयको सहयोगले थप सिक्ने रुचि बढेको बताईन् । उनले बनाइएको ढोको सानो र चिटिकुको देखिन्थे । उनले कसैको सहयोगविनो ढोको बनाउन सक्ने बताईन । सोही विद्यालयको कक्षा ९ मा अध्ययनरत प्रकाश सिग्देलले एयरबोर्ड बनाएका छन् । उनले टिकटकमा देखेको भरमा उक्त एयरबोर्ड बनाएको बताए ।

त्यस्तै उषा र प्रकाशसहित कक्षा ९ का करुण तामाङ, प्रेमिका तामाङ, सञ्चु तामाङ, रुचि कुँवर, अजय खनाल, सुमन श्रेष्ठसँगै कक्षा १० मा अध्ययनरत नमुना श्रेष्ठ, करुण अर्याल लगायतका वद्यार्थीहरूले बनाइएको डोको, ढालो दाँतो, एयरवोर्ड, घर, तराजु, सोलर सिस्टम, पैसा छाप्ने मेसिन, मान्छेको शरीरका विभिन्न अंग, मोटर, हावाबाट चल्ने मिल आदि प्रर्दशनीमा राखिएका थिए ।

विद्यार्थीले प्रदर्शनीमा राखिएको सामाग्रीहरूको पूर्व मन्त्री तथा संसद सुर्यमान दोङ (लालध्वज) सहित जनप्रतिनिधि, स्थानीयले अवलोकन समेत गरेको थियो । प्रधानाध्यापक शिल्पकारले कक्षा १२ सम्म पढाई हुने विद्यलायका विद्यार्थीहरूले करिब दुई वर्षदेखि च्याउ, गोलभेँडा, काउली लगायतका खेती पनि गर्दै आएको बताइन् । पछिल्लो समय उक्त विद्यालय जिल्लाकै नमुना विद्यालयको रुपमा चिनिन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस