मंगलबार, बैशाख १५, २०८३
बार एशोसिएशनले ६७ औँ स्थापना दिवस मनायो

काठमाडौं । नेपाल बार एशोसिएशनले ६७औँ स्थापना दिवस शुभकामना आदान–प्रदान तथा चियापान गरी मनाएको छ ।

उक्त कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सर्वोच्च अदालतका न्यायाधीश अनिल सिन्हा, न्यायाधीश सपना मल्ल प्रधानलगायत बारका पदाधिकारी, वरिष्ठ अधिवक्ता तथा अधिवक्ताको उपस्थिति रहेको थियो ।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले कानुन दिवसका अवसरमा सम्पूर्ण कानुन व्यवसायीलाई शुभकामना दिँदै स्वतन्त्र, सक्षम तथा जनउत्तरदायी न्यायपालिका, विधिको शासन, लोकतन्त्र र मानवअधिकारको रक्षाका लागि बारले काम गर्दै आएको बताए। बार एशोसिएशनले प्रत्येक वर्ष पुस ७ गते स्थापना दिवसका अवसरमा चियापन कार्यक्रम गर्दै आएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय