सोनाम ल्होछार मलेसियामा पनि मनाइदै

मलेसिया क्वालालम्पुर । सोनाम ल्होछार मलेसियामा पनि मनाइने भएको छ । तामाङ समुदायको महान राष्ट्रिय पर्व मन्जुश्री संवत् २८५९ औँ ह्योयी/तावर ल्हो(बिरालो वर्ग)सोनाम ल्होछार यहि जनावरि २२ तारिक आइतबारको दिन मलेसिया मनाइने भएको हो ।
नेपाल तामाङ घेदुङ प्रवास मलेसिया शाखा को आयोजनामा “सोनाम ल्होछार २०२३ बृहत सांस्कृतिक कार्यक्रम” मनाइने भएको हो । बिस्वभर छरिएर रहेका तामाङ एक हौ, सोनाम ल्होछार -२८५९ लाइ भब्य रुपमा सफल पारौं ! ग्रेन गे दिम खरिदको आर्थिक अभियानलाइ पुरा गरौं ” भन्ने यस कार्यक्रम मा मुल नारा रहेको संयोजक जगत दोङ तामाङले बताए ।
उक्त कार्यक्रम बृहत सांस्कृतिक तथा आपतकालीन कोष निर्माण संगसंगै भाग्यशाली उपहार योजना कार्यक्रम समेत रहेको छ जस्मा प्रथम भाग्यशालीले १ तोला सुन पाउने छन भने अन्य पुरस्कार समेत रहेको छ ।
उक्त कार्यक्रममा मुख्य आकर्षक रहेका नेपालबाट आमन्त्रित ख्यातिप्राप्त राष्ट्रिय तामाङ कलाकारहरुमा गायक/संगितकार उर्गेन दोङ,सेलो गायिका सुमिना लो,म्हेन्दोमाया गायक आशिष गोङ्बो यसैगरि मोडेल यांगी दोङ,सुनिता दोङ लगायत अन्य कलाकारको बेजोड प्रस्तुति रहने छ भने कार्यक्रममा मलेसियामा रहेका अन्य कलाकारहरु को समेत जोड्दार प्रस्तुति रहने छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल राजदुतावास मलेसिया र विभिन्न संघसंस्थाका प्रतिनिधि , बुद्धिजिबि, ब्याबसायि, समाजसेवी, पत्रकारहरुको समेत उपस्थिति रहनेछ ।
मलेसियाको राजधानी क्वालालम्पुर स्थित होटल ग्राण्ड कन्टिनेन्टलमा आयोजना हुन लागेको हो । सोनाम ल्होसार कार्यक्रम बिहान ९ बजे देखि साँझ ६ बाजे सम्म हुने छ। कार्यक्रमको सम्पुर्ण तयारी पूरा भै सकेको नेपाल तामाङ घेदुङ प्रवास शाखा प्रमुख सल्लाहकार जगत दोङ तामाङले जानकारी दिएका छन।
सम्पुर्ण मलेसियामा रहेका नेपालीहरुलाई उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल पारिदिन मलेसियामा रहेका नेपाली व्यापारीहरु, बुद्धिजिबि तथा समाजसेवीहरु, पत्रकारहरु, कलाकार एबं शुभ चिन्तकहरु सबैमा उक्त कार्यक्रमका संयोजक समेत रहेका जगत दोङ तामाङले अनुरोध गरेका छन् ।