
काभ्रे । जिल्लाको धुलिखेल नगरपालिका मेयर अशोक कुमार ब्यान्जुले गृहमन्त्री रवि लामिछानेसँग भेट गरेका छन् । शुक्रवार गृहमन्त्रालयमै पुगेर उनले गृहमन्त्रीसँग भेट गरेका हुन् ।
शुक्रबार भएको भेटमा बधाई तथा शुभकामना दिनुका साथै धुलिखेल नगरपालिकाका केहि स्थानमा प्रहरी चौकी स्थापना गर्न अनुरोध समेत गरिएको छ । नगरपालिकाका देबीटार, रबिओपी, संखु बतासेमा प्रहरी चौकी राख्न अनुरोध गरिएको हो ।
उक्त भेटमा धुलिखेल नगरपालिकाले गरेको विकास निर्माणका कार्यहरुको बारेमा उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई जानकारि गराइएको थियो । मेयर ब्यान्जु सँगै धुलिखेल नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गणेश आचार्य र अन्य सरोकारवालाहरुको पनि उपस्थिती रहेको थियो ।