महाभारतद्धारा सोनाम ल्होछारमा ३ दिन बिदा

काभ्रे । काभ्रेको महाभारत गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा ३ दिन सार्वजनिक विदा दिने भएको छ ।
पालिकाले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारको अवसरमा माघ ७ गतेदेखि ९ गते सम्म विदा दिने निर्णय गरेको हो ।
नेपाल तामाङ घेदुङले विदाको माग गरेकोले तीन दिनसम्म विदा दिने निर्णय भएको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए ।
‘७ गते शनिबार नै छ, ८ गते सरकारले नै विदा दिएको छ, ९ गते पनि विदा नै दिने निर्णय भएको छ ।’ उनले भने ‘ नेपाल तामाङ घेदुङले विदाको माग गरेपछि विदा दिने निर्णयमा पुगेका छौं ।’
महाभारत गाउँपालिका तामाङ समुदायको बाहुल्यता भएको क्षेत्र हो । देशभरका तामाङ समुदायले २८५९ औं (हृयोयीतावर ल्हो) सोनाम ल्होछार भव्यसँग मनाउँदैछन् । तामाङ समुदायले पुरानो वर्षलाई विदाई गरेर नयाँ वर्षको स्वागत गर्दै ल्होछार पर्व मनाउने गर्दछन् ।
अघिल्ला वर्षहरुमा समेत पालिकाले सोनाम ल्होछारको अवसरमा बिदा दिँदै आएको थियो ।