धुलिखेल नगरपालिकाको १२ औ नगरसभा सम्पन्न

काभ्रे । जिल्लाको धुलिखेल नगरपालिका १२ औं नगरसभा सम्पन्न भएको छ । बुधवार नगरपालिकाको सभाहलमा भएको १२ औं नगरसभाबाट विभिन्न विद्येयकहरु पास भएका छन् ।

अधिवेशनबाट नगरपालिकाको विनियोजन ऐन, २०७९ प्रथम संशोधनका लागि वनेको विधेएक २०७९,आर्थिक ऐन, २०७९ प्रथम संशोधनका लागि वनेको विधेयक २०७९ र नक्सापास (विशेष व्यवस्था) सम्वन्धी कार्यविधि,२०७९ विधेयक पेश गरि छलफल गरिएको थियो ।

उक्त विधेयकहरु नगरसभामा बहुमतले पारित भएको नगर प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले जानकारी दिए । १२ औं नगरसभालाई सम्वोधन गर्दै धुलिखेल नगरपालिकाका संस्थापक नगर प्रमुख बेल प्रसाद श्रेष्ठले धुलिखेल नगरपालिकाको इतिहास, नगर स्थापना गर्दा आफुले गरेको प्रयासहरुको बारेमा चर्चा गरेका थिए । उनले धेरै ठुलो दुःखले नगरलाई यहाँसम्म ल्याएको बताउँदै धुलिखेल पर्यटकिय हिसावले राम्रो ठाउँ भएकाले यसको विकास र विस्तारमा थप लागि पर्न नगरपालिकालाई आग्रह समेत गरे ।

कार्यक्रममा धुलिखेल नगरपालिका प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले समाज बदल्ने आगो आफुमा हुुनुपर्ने र कसैले पनि त्यसलाई रोक्न नसक्ने वताए । उनले धुलिखेल अस्पताल र काठमान्डौं विश्वविद्यालय धुलिखेलको ठुलो सफलता भएको पनि स्पस्ट पारे । उनले धुलिखेल नगरको नेपालीले मात्र नभई विदेशीले पनि प्रशंशा गरेको वताउँदै अझै पनि धेरै काम गर्न बाकी रहेको वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस