
काभ्रे । जिल्लाको नमोबुद्ध नगरपालिका-७ स्थित भकुण्डेमा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।
बनेपाबाट खार्पाचोक जाँदै गरेको बा २ ख ७३४२ नं को बसले ठक्कर दिँदा पैदलयात्री स्थानीय कृष्णबहादुर अधिकारीका ८ वर्षीया छोरी दिविसा अधिकारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकारी डिएसपी ढुण्डीराज न्यौपाने जानकारी दिए ।
उनका अनुसार दुर्घटनापश्चात् आक्रोशित स्थानीयले बसमा आगजनी गरेका थिए । स्थानीयले करिब दुई घण्टादेखि बीपी राजमार्ग समेत अवरोध गरेको सूचना अधिकारी डिएसपी न्यौपानेले बताए ।