बेथानचोकमा घरपालुवा तथा छाडा कुकुरको बन्ध्याकरण गरिने

काभ्रे । बेथानचोक गाउँपालिकामा घरपालुवा तथा छाडा कुकुरहरुको बन्ध्याकरण गरिने भएको छ ।

बेथानचोक गाउँपालिकाको कार्यालय तथा नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टरको आयोजना र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धुलिखेलको समन्वयमा कार्यक्रम हुन लागेको वडा नं. २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिनाले जानकारी दिए ।

बेथानचोक गाउँपालिका भित्र रहेका घरपालुवा तथा छाडा कुकुरहरुलाई लक्षित गरि कुकुर बन्ध्याकरण कार्यक्रम माघ २१ र २२ गते ढुंखर्क स्वास्थ्यचौकी सँगै रहेको पशुसेवा शाखाको कार्यालयमा बिहान १०:0०० बजेदेखि ३:०० बजेसम्म सञ्चालन हुने वडा अध्यक्ष तिमल्सिनाले बताए ।

कार्यक्रममा सरोकारवाला सबैको घर तथा टोलमा रहेका कुकुरहरुलाई कार्यक्रम संचालन हुने स्थानसम्म लगी बन्ध्याकरण गराउनु हुन वडाको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस