काभ्रेमा सरल र सहज ढंगबाट ई-पासपोर्ट प्राप्त गर्ने

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी नयाँ आउने बित्तिकै सेवाग्राही सहज हुनेगरी कामको थालनी भएको छ । बिगत एक बर्षदेखी हप्ताको दुई दिन (मंगलबार र शुक्रबार) विद्युतिय राहदानी आवेदकका खुल्ने Appointment Date अहिले प्रत्येक दिन खुल्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले एक सुचना जारी गर्दै विद्युतिय राहदानी आवेदकका लागि प्रत्येक मंगलवार र शुक्रवार दिउँसो २ बजे राहदानी Appointment Date को बुकिङ खोल्ने भएको कारणले सेवाग्राहीलाई सहजता नभएको भन्दै सेवाग्राहीहरुको थप सहजताका लागि प्रत्येक दिन Appointment Date सार्वजनिक विदाको दिन बाहेक दिउस २ बजे देखि अग्रिम बुकिङ्ग खोलिने सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले जनाकारी दिदै उनले भने, “हामी जनताको सेवा गर्न आएका हौ, त्यसैले जनताको हितमा हुने काम गर्छौ” ।

विद्युतिय राहदानीको अनलाईन फारम भर्दा धेरै त्रुटीपूर्ण विवरणहरु भर्ने गरिएको, आवश्यक कागजातहरु अपलोड नगरिएको, सम्बन्धित आवेदक भन्दा फरक व्यक्तिको विवरण कागजातहरु अपलोड हुनेहुँदा अनलाइन फारम भर्दा सहि, स्पष्ट विवरण र आवश्यक कागजातहरु समेत अपलोड गरिदिनुहुन सेवाग्राहीलाई सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले अनुरोध गरे ।

उनले Appointment Date जुन दिन हो सोही दिनमा मात्र आवश्यक कागजात सहित उपस्थित हुन सेवाग्राहीलाई आग्रह गरेका छन । पुनश्चः राहदानी बनाउन आउँदा पहेलो र घाँटी छोप्ने कपडा नलगाउने, गरगहना नलगाउने र श्रृङ्गार नगरी आउन समेत अनुरोध गरे ।

सिफारिस

ताजा समाचार

लोकप्रिय