काभ्रे । दाउरा चिर्ने क्रममा जिल्लाको नमोबुद्ध नगरपालिका वडा नम्बर ९ को घट्टेखोलामा माहादेव भगवानको आकृति देखिने नयाँ गुफा भेटाएका छन् ।
बिनोद लामाले दाउरा चिर्दै गर्दा अचानक उनको नजर केही भित्तामा रहेको प्वालमा पर्छ र उनले त्यस प्वाल भित्र के छ ? भन्ने जिज्ञासा राख्दै काममा सघाउन आएका आफ्ना सालो नवीन जिम्बा लाई त्यहाँ गुफा भित्र छिर्न भन्छन् जब जिम्बा त्यस गुफा भित्र छिरे उनले भित्र नयाँ संसार रहेको र अनुभूति गर्दै भित्र भगवानका विभिन्न आकृति सहितका मूर्तिहरू रहेको बताए ।
उनले भित्र चाँदीको आकार जस्तै चम्कने र माहादेवको आकृति आउने मूर्ति कमलको फूल र अरु थुप्रै कहिल्यै नदेखेको कुरा रहेको कुरा उनले आफ्नो भिनाजू विनोदलाई बताए ।

माहादेवको आकृति देखिने गुफाको अनुगमन गर्ने क्रममा पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना
अहिले गुफा हेर्न आउनेको दैनिक भीड लाग्न थालेको छ । गुफा भेटिएको रात नै ८४ वर्षीय चमार सिङ लामालाई देउता चडेर आएको र राती सपनीमा पनि महादेवले आएर जसले यो गुफा प्रचार प्रसार गर्छ उसलाई फलिफाप हुने भनेको कुरा सुनाए । उनले सोही दिन आएर गुफामा पूजा आराधना गर्दै आएको बताउँदै यो गुफा भित्र महादेव ताल माथि तपस्या गरिरहनुु भएको कुरा बताए ।
गुफा भेटिए पछि स्थानीयहरु ज्ञान बहादुर लामा, हरिराम श्रेष्ठ, पुष्प राज श्रेष्ठ, निर बहादुर तामाङ, बद्रीनाथ श्रेष्ठ लगायतले गुफाको संरचना मनमोहक रहेको र यसको तत्काल स्थानीय सरकारले चासो दिएर संरक्षण गर्न आवश्यक रहेको बताए ।
उनीहरूले त्यस गुफाको लागि छुट्टै संरक्षण समिति गठन गरी त्यसमा पुग्ने बाटोको संरचना पक्की गर्नु पर्ने र दैनिक आइरहेको दर्शनार्थीको घुइँचो लाई सुरक्षा र व्यवस्थापन गर्नुपर्ने तर्फ लाग्नु पर्ने बताएका छन् ।

माहादेवको आकृति देखिने गुफाको अनुगमन गर्ने क्रममा सञ्चारकर्मी सुकदेब थपलिया
गुफाले नमोबुद्धको प्राचीन महत्त्व छुट्टै भएको भए पनि सो गुफाले थप पर्यटक प्रवर्धन गर्न सक्ने र सम्भावना बोकेको गुफा भेटिएको बताएका छन् ।
आफ्नो जग्गामा गुफा भेटिए पछि खुशी हुँदै विनोद लामाले भने यो मेरो मात्रै सम्पति होइन यो नगरको सम्पति हो । यसलाई कसरी प्रवर्धन गर्ने त्यसमा आफ्नो साथ रहेको बताएका छन् ।
स्थानीय आइती माया तामाङ भन्छिन् गुफाको भित्रको मनमोहक दृश्य र त्यहाँ भित्र बस्दा नयाँ संसारमा पुगेको जस्तो भान भइरहेको थियो। यस्तो भगवानको अदभुत संरचना लाई हामी सबै मिलेर बचाएर राख्नु पर्छ। गुफा भेटिए पछि गुफालाई स्थानीयले घट्टेखोला गुफाको नामले परिचित गराउँदै आएका छन् ।



















