
काठमाडौं । अनेरास्ववियुको अध्यक्ष पदमा समिक बडाल निर्वाचित भएका छन । बडाल ९६५ मतसहित विजयी भएका हुन ।
अनेरास्ववियु निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत कुमार खकुरेलका अनुसार उनका निकटतम प्रतिपस्र्धी आरसी लामिछानेले ३५६ मत प्राप्त गरे । यसैगरी, अध्यक्ष पदका उम्मेदवार लोकेश निरौलाले ११३ र मोति विकले ७८ मत ल्याएको जानकारी उनले दिए ।
अनेरास्ववियुको नवनिर्वाचित अध्यक्ष बडाल यसअघि महासचिव थिए । २०६२ को स्ववियु निर्वाचनमा त्रिचन्द्र क्याम्पसमा बडाल स्ववियु सदस्यमा निर्वाचित भएका थिए ।