काभ्रे । ईलाका प्रहरी कार्यालय बनेपाले गाडिमा पकेटमारी हिड्ने २ जनालाई पक्राउ गरेको छ । धुलिखेलबाट काठमाण्डौ तर्फ जादै गरेको भाडाको बसमा पकेटमारी भाग्दै गर्दा निजहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डिएसपी रेशम बोहोराले जानकारी दिए ।

बनेपा न.पा. वडा नं. ०७ तरकारी बजार स्थित धुलिखेल बाट काभ्रेपलाञ्चोक जिल्ला चौरीदेउराली गा.पा. वडा नं. ०५ बस्ने टेक प्रसाद चौलागाईको ज्याकेटको पकेटमा रहेको बिस हजार बगली मारी चोरी गर्ने जिल्ला तनँहु सुक्लागण्डकी न.पा. वडा नं. ०१ घरभई हाल काठमाण्डौ जिल्ला का.म.न.पा. वडा नं. ११ बानेश्वर बस्ने उत्तम कार्कीलाई पक्राउ गरिएको डिएसपी बोहोराले जानकारी दिए ।

केही दिन देखि गाडिमा यात्रुहरुको पकेटमारी रहेको भन्ने सुचना आएकाले हामीले सादा पोशाकमा प्रहरी परिचालन गरि खोजिकार्य गरेकाले निजलाई पक्राउ गरेको उनले जानकारी दिए । एक जना पक्राउ परेपछि निजलाई अनुशन्धान पछि थप अरु पनि पक्राउ परेको उनले जानकारी दिए । पक्राउ पर्नेहरुमा का.प.जि. बेथानचोक गा.पा. वडा नं. ६ का बिनोद थापा मगर र धाडिङ जिल्ला धुनिबेशी न.पा. वडा नं. २ का कुमार बि.क.रहेका उनले जानकारी दिए ।

जिल्ला अदालतबाट मुलुकी अपराध सहिता २०७४ को परिच्छेद २० चोरी तथा डाँका सम्बन्धी कसुरको दफा २४१ चोरी गर्न नहुने मुद्धा शिर्षकमा ७ दिनको म्याद थप गरि अनुशन्धान भइरहेको उनले जानकारी दिए ।


तपाईको प्रतिक्रिया