काभ्रे । जिल्लाको धुलिखेल नगरपालिका वडा नं ७ स्थित श्री बालमन्दिर आधारभुत विद्यालयका विद्यार्थीलाई ट्रयाक सुट वितरण गरिएको छ । समाजसेवी अनिला कायष्थले आज विद्यालयका शिशु कक्षादेखि कक्षा ८ सम्मका एक सय २२ जना विद्यार्थीलाई ट्रयाक सुट वितरण गरेकी हुन् ।

आफ्नो बुबा रामचन्द्र कायष्थको १५ औँ पून्य तिथिको अवसरमा विद्यार्थीलाई ट्रयाक सुट वितरण गरिएको समाजसेवी अनिला कायष्थले जानकारी दिइन् । उनका अनुसार हरेक वर्ष बुबाको पुन्य तिथिको अवसर सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सहयोग गर्दै आएका थियौँ । विद्यालयका विद्यार्थीहरुलाई पोशाक वितरण गरेर सहयोग गर्न पाउँदा उनले खुशी व्यक्त गरिन् ।

विद्यार्थीहरुलाई पोशाक वितरण गरेकोमा धन्यवाद व्यक्त गर्दै, विद्यालयका प्रधानाध्यापक तोया नाथ उप्रेतीले भने, केही समय अघिदेखि विद्यार्थीहरुमा पोशाक सम्बन्धि समस्या भएकाले रङ्गीचङ्गी कपडा लगाएर आउने गरेका थिए । विद्यार्थीहरुले अहिले नयाँ पोशाक पाएका छन् । अब विद्यार्थीहरुमा पोशाक सम्बन्धि समस्या नहुने उनले बताए ।


तपाईको प्रतिक्रिया