कालिञ्चोकमा हिमपात
आइतबार, फाल्गुण १४, २०७९ | १७:३८:२३

दोलखा । दोलखाको पर्यटकीय तथा धार्मिकस्थल कालिञ्चोक क्षेत्रमा हिमपात सुरु भएको छ । कालिञ्चोकको कुरी क्षेत्रमा देखिनै हिउँ परिरहेको हो ।
जिल्लाको उच्च भेगमा हिमपात भइरहेको छ भने सदरमुकाम चरिकोट आसपासमा सिमसिम पानी परिरहेको छ । जसका कारण होटल व्यवसायी तथा किसान हर्षित भएका छन् । यो वर्ष कालिन्चोकमा पहिलोपटक हिमपात सुरु भएको हो ।
विशेषगरी शुक्रबार र शनिबार आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने दोलखामा हिमपात भएपछि पर्यटकको संख्यामा वृद्धि हुने होटल सञ्चालकहरुले जानकारी दिए । काठमाडौंबाट १ सय ३३ किलोमिटरको यात्रापछि चरिकोट र चरिकोटबाट १७ किलोमिटर यात्रापछि कालिञ्चोक क्षेत्र पुग्न सकिन्छ ।