अभिनेता पल शाह जेलमुक्त
सोमबार, फाल्गुण १५, २०७९ | १२:३८:०७

काठमाडौँ । अभिनेता पल शाह जेलबाट छुटेका छन् । बलात्कारको आरोप लागेका शाहमाथि अभियोग दाबी नपुग्ने ठहरसहित उच्च अदालत पोखराले उनलाई आइतबार सफाइ दिएको थियो ।
जेलमुक्त गर्न अदालतले गरेको आदेशअनुसार उनी आज सोमबार छुटेका हुन् । बलात्कारको आरोपमा जाहेरी परेपछि पलले गत वर्षको १५ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गरेका थिए ।
यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो । बलात्कारको अभियोग दर्ता भएपनि नवलपुर जिल्ला अदालतले बाल यौन दुर्व्यवहारमा दोषी ठहर गरेको थियो ।
तनहुँ जिल्ला अदालतले भने शाहलाई निर्दोष ठहर गरेको थियो । एउटै व्यक्तिले शाहविरुद्ध दुईवटा जिल्लामा बलात्कारको उजुरी दिएकी थिइन् ।