काभ्रेको खानीखोला-४ कुमारी माध्यमिक विद्यालयमा ई–हाजिर संचालन
बिहिबार, फाल्गुण १८, २०७९ | १०:४५:११
काभ्रे । काभ्रेको खानीखोला गाउँपालिका-४ जगथलीस्थित कुमारी माध्यमिक विद्यालयमा बुधवारबाट ई–हाजिरी सेवा सुरु भएको छ ।
विद्यालयकी शिक्षिका पासाङ तामाङले दिएको जानकारी अनुसार गाउँपालिका तथा वडाबाट प्रबाह हुने सेवा सुबिधालाइ थप प्रभाकारी र नियमित बनाउन ई–हाजिर संचालनमा ल्याइएको हो ।
कार्यालयका कर्मचारीहरुलाइ समयको पालना गराउन तथा जिम्मेवारी प्रति थप जिम्मेवार र उपस्थितिलाई पारदर्शी बनाउन र सेवा ग्राहिलाइ स्तरीय सेवा दिन वडामा ई–हाजिरी जडान गरिएको वडाअध्यक्ष निशान मोक्तानले बताए ।
अनुशासन र समयको पालना गराउन सुशानको पाटोलाइ थप मजबुत गराउन ई–हाजिर सेवाले बल पुर्याउने आशा गरिएको छ। ई–हाजिरका आधारमा कर्मचारीहरुको तलब निकासा हुने गाउँपालिकाको भनाई छ ।