नेविसंघ पार्वति इकाईमा प्रविण अधिकारी

काभ्रे । नेपाल विद्यार्थी संघ पार्वती क्याम्पसको ईकाइ गठन भएको छ । इकाईको सभापतिमा प्रविन अधिकारी चयन भएका हुन ।
ने.वि संघ काभ्रेका सभापति अन्जनराज खतिवडाको संयोजकत्वमा गठिती क्याम्पस स्तरीय इकाई समितिको उप सभापतिमा अमिता नेपाली र नविन अधिकारी, सचिवमा अन्जली श्रेष्ठ र प्रकाश तामाङ, सह सचिवमा सुस्मिता तिमल्सिना, कोषाध्यक्षमा दिपेश तिमल्सिना चयन भएका छन् ।
यस्तै सदस्यहरुमा प्रकाश श्रेष्ठ, सुमित्रा अधिकारी, अनिषा तिमल्सिना, सविता तिमल्सिना, समिर तिमल्सिना, विविका तिमल्सिना, सविता सापोटा, सविन तिमल्सिना, दिपिका तिमल्सिना लगायतका विद्यार्थीहरु चयन भएका छन् ।
ईकाइ गठन कार्यक्रममा नेपाली कांग्रेस बेथानचोक गाउँपालिका सभापति प्रेम बहादुर तिमल्सिना, बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, नेपाल विद्यार्थी संघ बेथानचोक गाउपालिका सभापति, पार्वती बहुमुखी क्याम्पसका स्ववियु सभापति एवं बेथानचोक गाउँपालिका वडा नं. २ का अध्यक्ष पुरुषोतम तिमल्सिना, १ का वडा अध्यक्ष एवं बेथानचोक गाउँपालिकाका प्रवत्ता मधुसुदन तिमल्सिना, ३ का वडा अध्यक्ष कुबेर ढकाल, ४ का वडा अध्यक्ष कृष्ण प्राख्रिन, नेपाली कांग्रेस बेथानचोकका सह–सचिव एबम् बिद्यार्थी बिभाग प्रमुख प्रदिप आचार्य, बेथानचोक–२ का वडा सभापति नवराज केसी, ३ का वडा सभापति स भापति कुमार प्रसाद घिमिरे लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।