फोनिज काभ्रेको जिल्ला भेला सम्पन्न

काभ्रे । नेपाल आदिवासी जनजाति पत्रकार महाससंघ (फोनिज) काभ्रेको जिल्ला भेला सम्पन्न भएको छ । फोनिजको नीति तथा बिधान सम्मेलनमा सुझाव पठाउन सुझव सङ्कलनका लागि भन्दै भेला सम्पन्न भएको हो ।

आज शुक्रवार फोनिज काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापाको सभापतित्वमा भेला सम्पन्न भएको हो । भेलालाइ सम्बोधन गर्दै प्रमुख अतिथि तथा फोनिजका केन्द्रीय सदस्य एव बागमती प्रदेश इन्चार्ज पेमा लामाले फोनिजको नीति तथा विधान सम्मेलनमा जिल्लाहरुको सुझावलाइ उचित सम्बोधन गर्दै महत्वपूर्ण सुझावहरुलाइ नीति तथा विधानमा समेट्ने बताए ।

फोनिजको बिधान जस्तो बिषयलाइ केन्द्रीकृत मात्र नगराइ समाबेशिता र जिल्लाका समस्याहरुलाइ पनि समेट्ने उदेश्यले जिल्ला जिल्ला र प्रदेश प्रदेशमा भेला बसि सुझव पठाउन सर्कुलर गरेको लामाको भनाइ छ ।

उत्कृष्ट नीति तथा विधान निर्माणका लागि फोनिजको सङ्स्थागत तथा फोनिजका महिला पत्रकार, सिमान्तकृत पत्रकार, अल्पसंख्यक पत्रकार लगायतहरुसङ्ग छुट्टाछुट्टै समिक्षाका लागि अनलाइन चलफल गरिरहेको उनको भनाइ छ ।

आदिवासी जनजाति पत्रकारहरुको हितको नीति तथा बिधान निर्मानका लागि बागमती प्रदेशले पनि भेला राखेको बागमती प्रदेश सचीव शिशिर लामाले बताए । आफू के हो ? र आफ्नो धरातल के हो भनेर बुझेर फोनीजले नीति तथा बिधान बनाउनु पर्ने प्रेस सेन्टर नेपालका सचिव ग्याम्जो थोकरले बताए । फोनीजको विधान आफैमा उत्कृष्ट रहेको अझ राम्रो बनाउन लाग्नु अति राम्रो काम भएको भन्दै पस्तावनामा देशको लागि वलिदानी दिएको सहिदको सम्मन पनि समेट्नु पर्ने थोकरले धारणा राखे ।

त्यसरी नै फोनिजकर्मी उजाड रक्तिम, मण्डनदेउपुर नगरपालिका ११ का वडाध्यक्ष तथा फोनिजकर्मी दिपेन्द्र लामा, तामाङ पत्रकार संघका बागमती प्रदेशका सचिव जगतमान वल, प्रेस संगठन काभ्रेका अध्यक्ष रोजन तामाङ, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य सबुद्धकुमार श्रेष्ठ, तामाङ पत्रकार संघ काभ्रेका अध्यक्ष अञ्जली तामाङ, नेवा पत्रकार राष्ट्रिय दवुका सचिव बिपस्ना शाक्य, जित बहादुर लामा लगायतले फोनिजले आफ्नो नीति तथा बिधान समय अनुसार परिमार्जन गर्दै जानू राम्रो कुरा बताए । सबै बिधाका मिडिया र समुदायलाइ समेटेर उत्कृष्ट नीति र बिधान बनाउन शुभकामना दिए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज काभ्रेका सचिव सुरज श्रेष्ठले सन्चालन गरेको सो कार्यक्रममा सदस्यहरुले विभिन्न सुझावहरु राखेका छन । फोनिजले आगामी फागुन २७ र २८ गते मधेस प्रदेशमा नीति तथा बिधान सम्मेलन राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस