धुलिखेलको एक होटेलबाट कौडा खेलिरहेको अवस्थामा नौ जना पक्राउ

काभ्रे । जिल्लाको धुलिखेल नगरपालिका-३ स्थित ग्रेस होटलमा कौडा खेलिरहेको अवस्थामा ९ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलमा कौडा खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७३ हजार ३२ रुपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस