ज्याछेन ञिङ्पो छ्योइलिङ गुम्बाको उद्घाटन

काभ्रे । बागमती प्रदेश सांसद एवं नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र बादेले बेथानचोक गाउपालिका वडा नं. ३ को हर्कभञ्याङ्गस्थित बोल्देमा निर्माण गरिएको ज्याछेन ञिङ्पो छ्योइलिङ गुम्बामा स्थापित गुरु रिम्पोछेको एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।

ज्याछेन ञिङ्पो छ्योइलिङ गुम्बाको प्राण प्रतिष्ठा एवं उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद बादेले काभ्रेको दक्षिणी भेग बेथानचोक राजनीतिक चेतनाका हिसाबले अग्रस्थानमा रहेको मात्र नभई पर्यापर्यटनमा पनि अब्बल रहेको बताए । बेथानचोकसँग आफ्ना आत्मीय सम्बन्ध, लगाव र सदभाव रहेको उनको भनाइ थियो ।

यस क्षेत्रका पर्यटनका संभावनाहरुमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै विविध भाषा, धर्म र संस्कृतिले धनी यस क्षेत्रका जनताले अब आर्थिक उन्नती अंगाल्नु पर्ने बताए । यसका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता दोहो¥याउनु भयो । उहाँले बेथानचोको विकासमा आफूले विगतमा गरेका कार्यहरुबारे स्मरण गराउनु हुँदै भावी दिनहरुमा बेथानचोक विकासका अवधारणाहरु बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले काभ्रेको सर्वोच्च शिर बेथाञ्चोक नारायणले रक्षा गरिराखेको पावन भूमि बेथानचोकमा आपसी एकता, भाइचारा र धार्मिक सहिष्णुताको उच्चतम नमूना रहेको बताए । उनले भने “यहाँका हरेक भू–भाग देवभूमि हुन, कृषि र पर्यटनका प्रचुर संभावना रहेका भूमि हुन, बेथानचोकको बहुआयामिक विकासका लागि हामीले यात्राआरम्भ गरिसकेका छौं ।”

ज्याछेन ञिङ्पो छ्योइलिङ गुम्बाको प्राण प्रतिष्ठा र उद्घाटन भएको मात्र हो यसको संरक्षण र प्रचार प्रसारको जिम्मा गाउँपालिकाको पनि भएकोले सक्दो सहयोग गर्ने बताउदै अध्यक्ष अधिकारीले बेथानचोक गाउपालिका वडा नं. ३ को हर्कभञ्याङ्गस्थित बोल्दे क्षेत्र होम स्टेको लागि पकेट क्षेत्रको रुपमा विकास हुँदै गएकोले होमस्ट मार्फत आर्थिक रुपान्तरणमा लाग्न स्थानीयलाई आग्रह गरे । स्थानीय, प्रदेश र संघ तीनवटै तहका सरकारले बेथानचोक विकासका लागि दीर्घकालिन योजना बनाउनु पर्ने उहाँको भनाइ रहेको छ ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले गाउँपालिका अध्यक्षसहित आफ्नो टिमले बेथानचोक विकासका नयाँ अध्यायहरुका लागि यात्रा आरम्भ गरेको बताईन । बेथानचोकको विकासका लागि अब बोलेर मात्र हैन गरेरै देखाउनु पर्ने समय आएकोले विकासका सभ्याव्यता अध्ययनका साथै कार्य आरम्भ भएको बताईन ।

कार्यक्रममा ३ नं. वडा अध्यक्ष कुवेर ढकालले बेथानचोक भित्र पनि वडा नं. ३ पर्यटनका हिसावले अग्रस्थानमा रहेकोले नेतृत्वले यसमा ध्यान पु¥याउनु पर्ने बताए । हर्कभञ्याङ्गस्थित बोल्देमा निर्माण गरिएको ज्याछेन ञिङ्पो छ्योइलिङ गुम्बामा स्थापित गुरु रिम्र्पोछेको संरक्षण र प्रचारप्रसारमा वडाले खेल्नु पर्ने भूमिकामा आफू निरन्तर लागि पर्ने बताए ।

कार्यक्रममा वडा नं. ५ का अध्यक्ष राजकुमार वाइबा, गाउँपालिकाका पूर्व अध्यक्ष, वडा नं. ३ का पूर्व अध्यक्ष दिलबहादुर श्रेष्ठ, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका प्रतिनिधि लगायते बोल्नु भएको थियो । कार्यक्रममा वडा नं. १ का अध्यक्ष एवं गाउँपालिका प्रवक्ता मधुसुधन तिमल्सिना, वडा नं. २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिना वडा नं. ४ का अध्यक्ष कृष्णबहादुर तामाङ, विभिन्न वडाका जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

रुद्रमान बज्यूको सभापतित्वमा सम्पन्न कार्यक्रममा गुम्बाका लागि जग्गा दान गर्नु हुने नरेन्द्र लामा, गुरु रिम्र्पोछे प्रतिष्ठानका लागि जग्गा दान गर्नु हुने जैमान सिंतान तामाङ, विभिन्न सहयोग गर्नुहुने अन्य व्यक्तिहरुलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय