१० महिनाको आयातलाई धान्न सक्ने छौँ : गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले  ‘२०४६ सालपछाडि फर्किन खोजेको हो ?’  भन्दै प्रश्न गरेका छन् । शुक्रबारदेखि काठमाडौँमा सुरु भएको दोस्रो अर्थशास्त्री सम्मेलनमा गभर्नर अधिकारीले वि.सं. २०४६ देखि बजारले नै ब्याजदर तोक्ने गरी खुला बजार अर्थतन्त्र अँगालेको स्मरण गराउँदै अहिले फेरि राष्ट्र बैंकले नियन्त्रण गर्नु पर्ने माग उठेको भन्दै यस्तो प्रश्न गरेका हुन् ।उनले आवश्यक स्थानमा राष्ट्र बैंकले नियमन र कडाई गरिरहेको स्पष्ट पारे ।

उनले अहिले लङ टर्म इन्भेष्टमेण्टका बारेमा सोचिरहेकाले ऋणलाई जथाभावी प्रयोग गर्दा समस्यामा पर्न सक्ने बताए । उनले आवाजबिहीनको र साना लगानीकर्ताका लागि दुई करोडभन्दा कम लगानी गर्नेका लागि बेस रेटमा दुई प्रतिशतभन्दा बेसी चार्ज गर्न नपाउने व्यवस्था गरेको पनि बताए ।

‘हामी लङ टर्म इन्भेष्टमेण्ट गरिरहेका छौँ, जग्गामा लगानी गरेका छौँ, होटल बनाएका छौँ, तर रेट फलो टिन इन्जोय गर्छौं भने पक्कै हामीलाई समस्या पर्छ, यो विषयमा हामीले ओरियन्टेशन गराउन नसकेको लिट्रेसी दिन नसकेको हुनसक्छ,’ उनले भने ।

गभर्नर अधिकारीले पछिल्लो समय अर्थतन्त्रमा सुधार हुँदै गइरहेको दाबी गरे । उनले नेपाल समान देशको तुलनमा नेपालको अर्थतन्त्र सुधार भइरहेको उल्लेख गरे । उनले पुस मसान्तको डेटाअनुसार झण्डै एक खर्बको शोधनान्तर बचत रहेको भन्दै गत सालको पुस मसान्तमा २४१ अर्बको घाटा रहेको स्पष्ट पारे । उनले अर्थतन्त्रका बाह्य क्षेत्रको तथ्यांक सुधार भएर गएको बताए ।

गभर्नर अधिकारीले नेपाल अहिले करिब १० अर्बभन्दा बढी डलरको सञ्चितीमा रहेको भन्दै १० महिनाको आयातलाई धान्न सक्ने क्षमतामा रहेको बताए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय