काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक डाँकेको छ ।

भोलि बिहान साढे ९ बजे ललितपुरको च्यासलस्थित पार्टी मूख्यलयमा बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भिष्म अधिकारीले जानकारी दिए । उनका अनुसार बैठकमा समसामयिक राजनीतिक, उपराष्ट्रपति निर्वाचन बिषयमा छलफल गरिने छ । भोलि नै उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता हुने कार्य तालिका रहेको छ ।


तपाईको प्रतिक्रिया