नमोबुद्ध नगरपालिका कृषि रणनीति तयार गर्दै

काभ्रे । जिल्लाको नमोबुद्ध नगरपालिकाले रणनैतिक कृषि योजनाको तयारी थालेको छ । ‘कृषि, व्यापार र पर्यटन ः हाम्रो शसक्त अभियान’ भन्ने नारा बोकेको नगरपालिकाले दीर्घकालीन योजनासहितका कृषि रणनीति तय गर्न लागेको नगर प्रमुख कुनसाङ लामाले जानकारी दिए ।

नगरको वर्तमान कृषिको वस्तुस्थिती विश्लेषणसहित आगामी बर्षका लागि आवद्यिक योजना, रणनीति तर्जुमा गर्न लागिएको उनले जानकारी दिए । सबै क्षेत्रमा योजनावद्ध विकास गर्न चाहेको बताउँदै नगर प्रमुख लामाले नगरपालिकाले आवद्यिक योजना, योजना बैंक पनि तयार गर्न लागेको जानकारी दिए । रणनैतिक कृषि योजनामा भूगोल सुहाउँदो कृषि, उत्पादन र उत्पादकत्व बढाउने, लागत घटाउने लगायतका योजना समावेश हुने प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले जानकारी दिए ।

योजना निर्माणको लागि कार्यतालिका सहित जिम्मेवारी समेत बा“डफाँड गरिएको नगरपालिकाको आर्थिक विकास समितिका संयोजक समेत रहनुभएका वडा नं ३ का अध्यक्ष रमेश तिवारीले जानकारी दिए । कृषि योजना तर्जुमाको लागि फोकल पर्सन तोकिएका प्राविधिक सहायक नविन अधिकारीका अनुसार, नगरपालिकाले छलफल, भेटघाट, अध्ययन, दस्तावेजका आधारमा छिट्टै तथ्याकं संकलन गर्नेछ ।

रणनैतिक योजना तयार गर्नकै लागि नगरपालिकाको कृषि शाखाले जनप्रतिनिधी, शाखा प्रमुखहरु, विभिन्न कृषि सहकारी र समूहका र सरोकारवाला समेतको सहभागितामा अभिमुखिकरण गरेको छ । कार्यक्रममा नगर प्रमुख कुन्साङ लामा, पूर्व कृषि सचिव राजेन्द्रप्रसाद भारी, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल, परामर्शदाता सुवासचन्द्र ढकाल, नमोबुद्ध नगरपालिकाका योजना अधिकृत विष्णुकमार अधिकारी लगायतले योजनासहितको विकासले प्रतिफल दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस