उपराष्ट्रपति यादवको शपथ सोमबार बिहान १० बजे
आइतबार, चैत्र ०५, २०७९ | १४:५०:३८
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार बिहान पद तथा गोपनियताको शपथ लिने भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणको कार्यक्रम तय भएको छ । यादव चैत ३ गते उपराष्ट्रपति पदनमा निर्वाचित भएका थिए । निर्वाचनमा यादवले ३० हजार ३२८ मतभारप्राप्त गरेका थिए ।
निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल चैत ४ गते सकिएको छ । निर्वाचन आयोगले राष्ट्रपति पौडेलसमक्ष उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन आज दिउँसो बुझाउँदैछ ।