काठमाडौंः काठमाडौं उपत्यकामा मंगलबार घोडेजात्रा पर्व मनाइँदैछ । हरेक वर्ष चैत कृष्ण औंसीका दिन घोडेजात्रा पर्व मनाउने चलन छ । उपत्यकाका नेवार समुदायले आजको दिनलाई पिशाच चतुर्दशीका रुपमा भोजभतेर गरेर मनाउने गर्दछन् । मंगलबार टुँडिखेलमा नेपाली सेनाले विशेष कौशल देखाउनेछ । राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको उपस्थितीमा सैनिक मञ्चमा विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रम गरी घोडेजात्रा समारोह आयोजना गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।



















