पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न झापा पुगे राप्रपाका शीर्ष नेताहरू

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ । उनीहरूबीच आज झापामा भेटवार्ता भएको हो । झापामै रहेका पूर्वराजा शाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र नेता प्रकाशचन्द्र लोहनी त्यही पुगेका थिए ।

स्रोतका अनुसार पूर्वराजा शाहले छलफलमा पछिल्लो समय राष्ट्रिय राजनीतिमा विकास भएका राजनीति घटनाक्रम, बदलिँदो भूराजनीति र देशभित्र देखा परेका अन्य समसामयिक विषयबारे छलफल गरेका थिए।

सिफारिस

ताजा समाचार

लोकप्रिय