पर्यटन व्यवसायी दिनेश कुमार चुकेद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी

नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा पर्यटन व्यवसायी दिनेश कुमार चुके केन्द्रीय सदस्यमा उठ्ने भएका छन् । उनि वस्तुगत तर्फको कार्यकारिणी सदस्य पदमा उठ्न लागेका हुन् । चुकेले पर्यटन प्रबद्र्धनमा विगत तीन दशकदेखि निरन्तर काम गर्दै आएका छन् ।

हाल उनि होटल व्यवसायी महासंघ नेपालको केन्द्रीय अध्यक्ष छन् । नेपालमा एक सफल पर्यटन व्यवसायीका रुपमा परिचित चुकेले सन २०१९ पछि कोविडका बेला पर्यटन क्षेत्र ठप्प भएका बेला यस क्षेत्रको प्रवद्र्धनका लागि जागरण ल्याएका थिए । उनले कोविडले थला परेको पर्यटन व्यवसायीलाई माथि उठाउन नीजि क्षेत्र र सरकारबीच समन्वय, सहकार्य र नयाँ कार्यक्रम ल्याउन पहल गरेका थिए । दिनेश कुमार चुकेको पहलमा कोविडको दोस्रो लहर चलेपछि स्वास्थ्य प्रोटकल अपनाएर देशभरका होटलहरु सचालनले गति लिएको थियो ।

उनि पर्यटन क्षेत्रको विकासका लागि दिनरात काम गर्दै आएका छन् । सामाजिक क्षेत्रमा समेत उति नै सक्रिय चुके चितवनका एक स्थापित पर्यटन व्यवसायी हुन् । ०५९–६० सालको जनआन्दोलनमा बन्द भएका बेला चितवनमा उत्पादित पाँच सय पेटी अण्डा पुर्वदेखि पश्चिमसम्म जोखिमका साथ विक्रीवितरणमा अहंम भुमिका निर्वाह गरेका थिए ।

विगत १३ बर्षदेखि नारायणगढमा हंस बहुउद्देस्य सहकारी संस्थाको अध्यक्ष, चितवन जिल्ला बहुउद्देस्य सहकारी संघका अध्यक्ष समेत बनेका चुकेले चितवनमै व्यवस्थित जग्गा प्लानका लागि २०५० सालदेखि व्यबस्थित आवासको व्यवसायमा पनि सक्रिय छन् । ०६५ मा नारायणी जग्गा तथा आवास व्यवसाय संघको विधिवत रुपमा अध्यक्ष बनेका उनले चितवनमा व्यवस्थित रुपमा कसरी बसोबास गर्न सकिन्छ भन्ने योजना ल्याएका थिए । उनले नारायणगढ बजारमा संचालन गरेको गंगोत्री होटल निकै प्रसिद्ध छ ।

बरिष्ठ चार्टड एकाण्टेण्ट समेत रहेका चुकेले नेपालमा पर्यटन व्यवसायको संभावना देखेर केहि बर्षअघि चितवन लगायतका क्षेत्रमा पर्यटकका लागि आर्कषक नयाँ अवधारणा ल्याएका थिए । उनले कृषि, पर्यटन र उत्पादनलाई संगसंगै जोडेर जान सक्ने नयाँ संकल्प तयार पारेका छन् । सन १९८८ दिल्लीबाट सिए पढेर २००८ सम्म अडिटिङ कन्सल्टेन्सी पेशामा सक्रिय थिए ।

इमान्दार र स्वच्छ छविका दिनेश कुमार चुके भरतपुर स्थित गणेशधाम संरक्षण संबर्धन क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाउने काममा निकै सक्रिय छन् । सबै व्यवसायीको हकहितमा काम गर्ने जोसिला चुके नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी छन् । उनले नेपालका अब आर्थिक क्रान्तिमा प्रवेश भएको घोषणा गर्दै आर्थिक सवलिकरणका लागि सबै नागरिक जुरुक्क उठनुपर्ने संकल्प गरेका छन् ।

विदेशी पर्यटक भित्र्याउने अवधारणा, स्वदेशी पर्यटकको जागरण, बैंकको व्याजदरको व्यवाहारिक पक्ष लगायतका बिषयमा उनले नयाँ तौरतरिकाबाट जान सकिने योजना अघि सारेका छन् । सम्पुर्ण व्यवसाय र नेपाली नागरिकको हकहितका लागि आँफुलाई केन्द्रीय सदस्यमा निर्वाचित गर्न चुकेले सबैमा आग्रह गरेका छन् । जीवन्त, जिम्मेवार र जोशिलो अवधारणा सहित निर्वाचनको मैदानमा उत्रेका चुके सबै व्यवसायलाई समेटेर अर्थतन्त्र सफल बनाउन सकिने बताउँछन् ।

महासंघको ५७ औं साधारण सभा तथा निर्वाचन आज मंगलबारदेखि राजधानी काठमाडौंमा शुरु हुँदैछ । दुई दिनसम्म चल्ने साधारण सभा तथा निर्वाचनमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ वरिष्ठ उपाध्यक्षमा प्रतिश्पर्धा गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस