शुक्रबार, फाल्गुण २९, २०८२
सके स्वदेशमा केही गरौँ, नसके सीप सिकेर मात्रै बिदेश जाउँ

काभ्रे । ‘स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔ’ भन्ने नाराका साथ सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका सन्दर्भमा जिल्लाका सञ्चारकर्मीहरुसँग अन्तरक्रिया तथा अभिमुखीकरण गरिएको छ ।

वैदेशिक रोजगारीको समग्र अवस्था र सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका सन्दर्भमा कार्यक्रम संयोजक वसन्त कुँवरले जानकारी दिए । कुँवरले सकेसम्म वैदेशिक रोजगारमा जानै नपर्ने गरी सीप सिकेर आफ्नै स्वदेशमा स्वरोजगार गर्न तथा जानै पर्ने परिस्थितिमा सीप सिकेर जानु पर्ने व्यवस्थाका लागि सेवाग्राहिरुलाई अभिमुखीकरण र जानकारी गराउने कार्य भइरहेको बताए । उनले सामी परियोजनाले जिल्लाका सबै नागरिकहरुका लागि वैदेशिक रोजगारका सन्दर्भमा जानकारी गराउने र राहदानी लिन प्रक्रिया सुरु गरेका ब्यक्तिहरुलाई अभिमुखीकरण गर्दै आएको बताए ।

जिल्लाको धुलिखेल नगरपालिका र रोशी गाउँपालिकामा सिविक फोरमले कार्यक्रम सञ्चालन गरिरहेको छ भने मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकामा स्थानीय सरकार आफैले कार्यक्रम सञ्चालन गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालयमा सामी परियोजनाका लागि सिविक फोरमले कार्यक्रम सञ्चालन गरिरहेको ।

आप्रवासी स्रोत केन्द्र सञ्चालन तथा व्यवस्थापन, आप्रवासी स्रोत केन्द्रबाट सूचना तथा परामर्श सेवा, रिटर्नी स्वयंसेवक परिचालन, सामाजिक परिचालन तथा सशक्तीकरण कार्यक्रम (समुदाय अभिमुखीकरण/गहन अभिमुखीकरण) मार्फत घरभेट तथा सूचना प्रवाह गरिरहेको कार्यक्रम संयोजक कुँवरले बताए ।

जिल्लाबाट वैदेशिक रोजगार तथा अन्य प्रयोजनका लागि राहदानी लिनेहरुको संख्या ११ महिनाको अवधिमा करिब १८ हजार नागरिकहरुले राहदानी लिएका छन् । वैदेशिक रोजगारका लागि जानेहरुको संख्या धेरै छ । वैदेशिक रोजगारमा जान चाहनेहरुका लागि मात्रै सूचना तथा परामर्श र सीप उपलब्ध गराउने व्यवस्था गरिएको कार्यक्रम संयोजक कुँवरले बताए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय