धुलिखेल-४ घण्टीमय बन्दै, वडा सभापतिमा रबिन्द्र कर्माचार्य

काभ्रे । दिन प्रतीदिन राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रबेश गर्नेहरुको लर्को लाएको छ । पार्टी बिस्तार गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर-४ मा वडा भेला गरेको थियो । उक्त वडा भेलामा घण्टीमय भएको देखिन थालेको छ ।

लामो समयदेखि नेपाली काङ्ग्रेसमा क्रियाशील रहेका धुलिखेल-४ का निबर्तमान वडाअध्यक्ष रबिन्द्र कर्माचार्यले नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रबेश गरेका छन् । उनले आफु मात्र होइन धुलिखेल-४ भित्र रहेका नेकपा एमाले र नेपाली काङ्ग्रेसका धेरै बाैद्विक र दिगज ब्यक्तिलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य बनाई उक्त वडा भेला मार्फत आधिकारीकता प्रदान गराए ।

वडा भेलामा राष्ट्रिय स्वतन्त्र पार्टी माननीय पुर्ब स्वास्थ राज्यमन्त्री ताेसिमा कार्की, राष्ट्रिय स्वतन्त्र पार्टीकाे नेता तथा पुर्ब डिआईजी रमेश खरेलले नयाँ सदस्यलाई घण्टी चिन्हकाे ब्याज लगाई आधिकारिकता प्रदान गरेका थिए ।

वडा भेला कार्यक्रमलाई सम्बाेधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नेता माननीय पुर्ब स्वास्थ राज्यमन्त्री ताेसिमा कार्कीले पार्टीकाे निति र बिचारमा प्रष्ट पार्दै स्वार्थ नबाेकी पार्टीमा लाग्न र पार्टीका सदस्यले कुनै गलत काम गर्दा बृद्व बाआमा र छाेराछाेरीलाई सम्झनु भन्दै डा. कार्कीले नयाँ सदस्य र कमिटीलाई गलत गरे पार्टीमा ठाउँ नभएको बताईन् । उक्त वडा भेलामा राष्ट्रिय स्वतन्त्र पार्टीकाे नेता तथा पुर्ब डिआईजी रमेश खरेलले राजनीति सुदृढीकरण आजको आवश्यकता भएको बताए ।

निबर्तमान वडाअध्यक्ष कर्माचार्य मात्र होइन पाटीभित्र चरम गुटबन्दी, नाताबाद, जातियताले सच्चा काँग्रेसी पाखा लागेको भन्दै रामेश्वर घिनाजू, माधव श्रेष्ठ जस्ता व्यक्तिहरुले पनि राष्ट्रिय स्वतन्त्र पार्टी रोजेका छन् । रविन्द्र कर्माचार्यको सभापतित्वमा धुलिखेल-४ मा ११ सदस्य वडा समिति गठन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस