प्रशिक्षार्थीसंग पुर्व-प्रहरी

काभ्रे । “प्रशिक्षार्थीहरुसंग पुर्व-प्रहरी कर्मचारी” कार्यक्रमको सुरुवात भएको छ ।
अनुमान गलत हुनसक्छ तर अनुभव गलत हुदैन । प्रहरी संगठनमा कार्यरत रहँदाको विगतका अनुभवलाई संगठनको हितमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने उद्देश्यले “प्रशिक्षार्थीहरुसंग पुर्व-प्रहरी कर्मचारी” कार्यक्रम सञ्चालन भएको हो ।
तालुक नेपाल प्रहरी शिक्षालय, भरतपुरमा संचालित प्रहरी अधिकृत (प्र.स.नि.) आधारभूत तालिममा प्रशिक्षणरत प्रहरी अधिकृतहरुलाई अध्ययन भ्रमणको सिलसिलामा ईलाका प्रहरी कार्यालय बनेपा कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थितिमा पुर्व-प्रहरी कर्मचारीहरुसंगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
सो अवसरमा मिति २०२४/०१/०१ मा नेपाल प्रहरी सेवामा प्रवेश गरि २०४०/०९/२५ मा अवकाश हुनुहुने प्रहरी कर्मचारीको प्रेरणाको श्रोत जेष्ठ पुर्व प्रहरी कर्मचारी बनेपा नगरपालिका-५, वर्ष ७७ को पुर्व-प्रहरी हवल्दार उदय वहादुर थापालाई अवकाश पश्चात समाजमा शान्ति सुव्यवस्था कायम गर्न र प्रहरी कर्मचारीको मनोबल उच्च राख्न निरन्तर रुपमा पु-याउनु भएको योगदानको कदर गर्दै ईलाका प्रहरी कार्यालय बनेपाले सम्मान गरेको ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डिएसपी रेशम बोहोराले जानकारी दिए ।