आइतबार, कार्तिक २२, २०८३
पृथ्वी राजमार्गको घोप्टेभीरमा सुक्खा पहिरो, दुईतर्फी सडक अवरुद्ध

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। आज बिहान करिब १० बजे पहिरो खसेपछि राजमार्गको दुवैतर्फको यातायात ठप्प भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार हाल पहिरो पन्छाउने काम भइरहेको छ। थप पहिरो नखसेमा छिट्टै सडक दुईतर्फी सञ्चालनमा ल्याउन सकिने उहाँले बताउनुभयो।

पहिरोका कारण सडकमा सवारीसाधन रोकिएका छन् भने यातायात आवागमन प्रभावित भएको छ। पहिरो हटाउने काम सम्पन्न भएपछि मात्र सडक नियमित रूपमा सञ्चालनमा आउनेछ।

सिफारिस

ताजा समाचार

लोकप्रिय