अफगानिस्तान। पूर्वी अफगानिस्तानको लगमान प्रान्तमा भएको सडक दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। शनिबार साँझ भएको दुर्घटनाबारे प्रान्तीय प्रहरी कार्यालयले आइतबार जानकारी दिएको हो।
प्रहरीका अनुसार काबुललाई पूर्वी प्रान्तहरूसँग जोड्ने मुख्य राजमार्गअन्तर्गत कारघाई जिल्लाको माशली क्षेत्रमा तीव्र गतिमा रहेको एउटा सवारीसाधनले तीनपाङ्ग्रे मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट भएको दुर्घटनामा सात जनाको घटनास्थलमै मृत्यु भएको र अन्य दुई जना घाइते भएका थिए।
प्रहरीले मृतक तथा घाइतेहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न प्रान्तीय अस्पताल लगिएको जनाएको छ।

