धुलाम्यो बन्यो धुलिखेल, धुलोले अचाक्ली बनाएपछि स्थानीयले गरे राजमार्गमै अवरोध

काभ्रे । वीपी राजमार्ग अन्तर्गत धुलिखेल सडकखण्डको सुन्दर बस्तीमा स्थानीयहरुले राजमार्ग अवरोध गरेका छन् ।

धुलाम्य सडक भएकाले सुधार गर्न पटक पटक ठेकेदार र स्थानीय जनप्रतिनिधिलाई जानकारी गराउँदा कानमा तेल हालेर बसेपछि बाध्य भएर सडक अवरुद्ध गर्नु परेको स्थानियहरुको भनाई रहेको छ । भएको पिच सडक भत्काएर धुलोले अचाक्ली गरेपछि बाँध्य भएर सडक अवरोध गरेको स्थानीयहरुको गुनासो छ ।

सडक निर्माणको क्रममा अत्याधिक धुलो उडेको भन्दै स्थानीयले गुनासो गरेपनि स्थानीय सरकार धुलिखेल नगरपालिका र सडक निर्माण ठेकेदारले चासो दिएका थिएनन् । राम्रो पिच भत्काएर समयमा बाटो निर्माण नभएको र धुलो कम गराउनको लागि पानी हाल्ने व्यवस्था नभएको भन्दै स्थानीयहरु सडकमा जम्मा भएर यातायात अवरुद्ध गरिरहेका छन्।

वीपी राजमार्गमा सिमेन्टको पोल ढुङ्गा राखेर राजमार्ग अवरोध गरेका थिए सरोकार निकायहरु र निर्माण ठेकेदारको ध्यानाकर्षण गर्न राजमार्ग अवरोध गरिएको स्थानीयको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस