सोमबार, बैशाख ०७, २०८३
साँगामा बस दुर्घटना, १० जना घाइते

काभ्रे । सूर्यविनायक नगरपालिका-९ स्थित साँगामा बस दुर्घटना भएको छ ।

काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको बा ४ ख ९३९६ को बस बुधबार दिउँसो साँगाको पुलमुनि भिरबाट अन्दाजी २५ मिटर तल खसेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

दुर्घटनामा चालकसहित दश जना घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डिएसपी रेशम बोहोराले जानकारी दिए । उनका अनुसार, घाइते सबैलाई उपचारका लागि भक्तपुरस्थित मध्यपुर अस्पताल पठाइएको छ ।

घाइतेमध्ये चालकको अवस्था गम्भीर देखिएको डिएसपी बोहोराले बताए । उनका अनुसार, गाडीमा १५ जना यात्रु सवार थिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय