साँगा बस दुर्घटना अपडेट : ७ जना घाइते डिस्चार्ज, ३ जनाको उपचार हुदै (नाम सहित)

काभ्रे । काठमाण्डौंबाट धुलिखेल तर्फ आउदै गरेको बा ४ ख ९३९६ नंम्बरको बस दुर्घटनामा परेका ७ जना उपचार पछि डिस्चार्ज भएको भक्तपुर प्रहरी परिसर भक्तपुरले जनाएको छ । बसको चालक सहित अन्य दुई जनाको मध्यपुर ठिमि अस्पतालमा थप उपचार भईरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर उपचार पछि डिस्चार्ज बनेपा नगरपालिका वडा नं. ७ बस्ने रितिका श्रेष्ठ, सिन्धुली घ्याङलेख गाउँपालिका वडा नं. १ घर भई हाल जिल्ला भक्तपुर सूर्यविनायक पाण्डुबजार बस्ने बर्ष ३० को सुर्य बहादुर पाख्रिन, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका वडा नं. ५ घर भई हाल जिल्ला काभ्रेको बनेपा बस्ने बर्ष ३९ को अमर लामा, बनेपा नगरपालिका वडा नं. ३ बस्ने बर्ष २२ की सुस्मिता श्रेष्ठ र बनेपा नगरपालिका वडा नं. १३ बस्ने बर्ष २० को विनय जोशी उपचार भएर डिस्चार्ज भएको जगती प्रहरी प्रमुख डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।
बनेपा भैसेपाटी बस्ने बर्ष २० की दिक्षा तिमल्सिना र काभ्रे खानिखोला गाउँपालिका वडा नं. ४ जगथली बस्ने बर्ष १८ को दिपक बिकको बनेपामा रहेको श्रीर मेमोरियल अस्पताल उपचार पछि डिस्चार्ज भएको बनेपा ईलाका प्रमुख डिएसपी रेशम बोहोराले बताए ।
बस चालक सिन्धुली घ्याङलेख गाउँपालिका वडा नं. १ घर भई हाल काठमाण्डौं नयाँ बसपार्क बस्ने बर्ष ३१ को पुर्ण बहादुर पाख्रिन मध्यपुर ठिमी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । सुनसरी बराहक्षेत्र नगरपालिका. १ घर भई काठमाण्डौं बसुन्धारा बस्ने बर्ष ४४ की रिता खत्री र बनेपा नगरपालिका. वडा नं. १३ साँगा बस्ने बर्ष ५९ को अर्जुन खड्काको मध्यपुर ठिमी अस्पतालमा थप उपचार भईरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।
उक्त काठमण्डौ धुलिखेल नगर बस सडकबाट अन्दाजी ३० मिटर तल खसि दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना के कसरी भयो भन्ने बिषयमा थप अनुसन्धान कार्य भइरहेको प्रहरी वृद्ध जगतीले जनाएको छ ।