किरण गौतम र मनिषा घोरासैनिको स्वरमा “बैनि हो” सार्वजनिक (भिडियो सहित)

काभ्रे । बजारमा काँठे भाका गीतहरु एक पछि अर्को गर्दै बजारमा सार्वजनिक हुँदै आएको देखिन्छ । आएका गीत संगीतले कतिले सफलता पाउँछन् त कतिले मनोरञ्जन दिँदै गएको देखिन्छ ।

चलेका वा नचलेका कलाकार र गीत संगीतले नेपाली संगीत क्षेत्रमा निकै योगदान पुर्याएका हुन्छन् । यस्तै भावना मा सार्वजनिक भएको “बैनि हो” गीत अहिले विस्तारै सामाजिक सञ्जाल र संञ्चार माध्यममा आफ्नो दर्सक बटुल्दै आएको देख्न सकिन्छ।

लाखौं दर्शकको मानमा बसि एकलौटी राज गर्दै आएका किरण गौतम गीत संगीत क्षेत्रमा निकै बलियो र दरिले देखिन्छ । आफ्नो स्वर शब्द रहेको गित संगीतलाई समय सान्दर्भिक र बजारमा गुञ्जने खालको गीत संगीतमा स्वर भर्दै आएका गौतम अहिले निकै चर्चामा देखिन्छ। किरण गौतम र मनिषा घोरासैनिको सुमधुर आवाजमा रहेको उक्त गीत नारायण दङ्गालको म्युजिक एरेन्जमा गौतमको शब्द तथा नवराज घोरासैनिको संगीतले सजिएको छ ।

किरण गौतमको प्रस्तुतिमा रहको “बैनि हो” गीतको म्युजिक भिडियोमा प्रकाश निरेन श्रेष्ठ र जुनु SD को आकर्षक अभिनय देख्न सकिन्छ “बैनि हो” गीतको म्युजिक भिडियो निरेन श्रेष्ठको निर्देशन र निगिन वाइवाले क्रोयोगमराफि गरेका हुन् राम के सि को छायांकन साथै बिष्णु खड्काले सम्पादन गरेका छन । उक्त भिडियो किरण गौतम नामक अफिसियल युट्युब च्यानल मार्फत हेर्न सकिन्छ ।

पुरा भिडियो हेर्नुहोस्

सिफारिस

ताजा समाचार

लोकप्रिय