काभ्रेमा ५३ हजार सवारी कारबाहीमा, ५ करोड भन्दा बढी राजस्व संकलन

काभ्रे । काभ्रे जिल्लामा १ बर्षमा ५३ हजार १ सय ५२ सवारी साधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका अनुसार गत वर्ष २०७९/०८० मा ५३ हजार १ सय ५२ सवारी साधन कारबाहीमा परेका हुन् ।

५३ हजार १ सय ५२ सवारी साधन कारबाहीमा पर्दा ५ करोड ४० लाख ८२ हजार रूपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख सुरेश थापाले जानकारी दिए ।

प्रमुख थापाका अनुसार सबैभन्दा बढी ट्रक १८ हजार १ सय २७ वटा कारबाहीमा परेका छन् । ट्रकबाट १ करोड ९९ लाख २९ हजार रूपैयाँ राजस्व संकलन भएको छ । एक वर्षको अवधिमा १४ हजार १ सय ६४ वटा मोटरसाइकल, १० हजार ६ सय ४९ कार/जिप/भ्यान, ९ हजार ९ सय ७४ बस, १ सय ६ ट्याक्टर र १ सय ३२ वटा अन्य सवारी साधन कारबाहीमा परेका प्रमुख थापाले जानकारी दिए ।

सवारी साधन कारबाहीको दर हेर्दा बर्सेनि बढिरहेको छ, उनले भने । आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा ९ हजार ४ सय २७ सवारी साधन बढी कारबाहीमा परेका प्रमुख थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस