सोमबार, बैशाख ०७, २०८३
बनेपाको पुलबजार क्षेत्र डुवानमा, एकतर्फी यातायात सञ्चालनमा

काभ्रे । सोमबारदेखि आएको भारी वर्षाका कारण बनेपा दुबानमा परेको छ । प्रहरीका अनुसार बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको हो।

सोमबारदेखि अविरल वर्षाका कारण पुलबजार क्षेत्र डुबानमा परेको प्रहरीले बताएको छ। पुलबजारका सडक र घरहरुका सटर डुबेको प्रहरीले जनाएको छ।

सडक डुबानमा परेकाले अरनिको राजमार्गमा एकतर्फी यातायात सञ्‍चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख सुरेश थापाले बताए ।

यो राजमार्ग हुँदै काठमाडौं उपत्यका आउने र उपत्यका बाहिर जाने धेरै सवारीसाधनहरु बाटोमा बिहानैदेखि अलपत्र परेका थिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय