अवरुद्ध बि.पी.राजमार्ग एकतर्फी रुपमा यातायात सञ्चालन

काभ्रे । रोशी गाउँपालिका-११, कालढुंगामा अवरुद्ध बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।

सोमवार देखिको अविरल बर्षाको कारण बि.पी. राजमार्ग अन्तर्गत रोशी-११ मा सडक अबरुद्ध भएको थियो । लगातार ६÷७ घण्टाको निरन्तर प्रयास पछि सडक एकतर्फी रुपमा सुचारू भएको हो ।

अवरुद्ध सडक खुलाउन गाउँपालिका र क्रसर उद्योगका स्काभेटर तथा जेसिबी परिचालन भईरहेको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए । उनका अनुसार अहिले पालिका र क्रसर उद्योगको स्काभेटर, जेसिबी परिचालन गरेर अवरुद्ध सडक खुलाउन तीब्रगतिमा काम भईरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस