काभ्रेको बनेपामा पोखरीमा डुबेको अवस्थामा एक किशोरको शव फेला
सोमबार, साउन २९, २०८० | ६:५०:०६

काभ्रे । जिल्लाको बनेपामा पोखरीमा डुबेको अवस्थामा एक किशोरको शव फेला परेको छ ।
बनेपा नगरपालिका वडा नम्बर-८ मा रहेको लायकुको तलापुखुफु पोखरीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिए । उक्त शव रोशी गाउँपालिका वडा नम्बर-५ स्थित सिसाखानी घर भएका बर्ष ३४ को धर्मसिङ तामाङ रहेको ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डिएसपी रेशम बोहराली जानकारी दिए ।
पोखरीमा मान्छे डुबेको देखे पछि स्थानीय बासिन्दाले प्रहरीलाई खवर गरेका थिए । घटनाका बारेमा थप अनुसन्धान गरिरहेको डिएसपी बोहराले जानकारी दिए ।