धुलिखेल स्थित बीपी राजमार्गको चौकोटमा स्थानीयद्वारा सडक अवरुद्ध

काभ्रे । स्थानीय बासिन्दाले धुलिखेल स्थित बीपी राजमार्गको चौकोटमा सडक अवरुद्ध गरेका छन् । स्थानीयले सडक अवरुद्ध पारेका हुन् । पिच भत्काएर राजमार्गमा धुँलो र हिलो हुने गरेर अलपत्र छोडेको विरोधमा स्थानीयले सडकमा उत्रिएका हुन् ।

यसअघि पनि उनीहरुले यो सडक अवरुद्ध गरेका थिए । त्यो बेला धुलो कम गर्नका लागि दैनिक पानी हाल्ने सहमतिपछि अवरुद्ध सडक खुलेको स्थानियले जानकारी दिए ।

यो राजमार्गको चौकोटदेखि सारदा बतासे खण्डमा पिच उत्काइएको छ । झण्डै दुई किलो मिटर सडक क्षेत्रमा पिच उत्काइएको छ । तत्काल पिच गर्ने भन्दै रातारात भएको पिच उप्काइएको थियो । तर, पिच नभएपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।

तत्कालै पिच गर्ने भन्दै भएको पिच उप्काइयो । तर पिच गरिएन् । त्यस कारण हिलो र धुलोले राजमार्गमा यात्रा गर्न र दायाँबायाँ बसोबास गर्ने नागरिकले निकै सास्ती खेप्नु गरेको छ । अब पिच गर्ने समय तालिकाका बारे सम्बन्धित पक्षले प्रतिबद्धता नजाउँदासम्म सडक अवरुद्ध कायम रहने स्थानीयले भने ।

स्थानीयको अवरोधका कारण बीपी राजमार्ग हुँदै राजधानी प्रवेश गर्ने र बाहिरीने सवारी साधन रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस