किसानलाई मिनी टिलर वितरण

काभ्रे । बेथानचोकका किसानहरुलाई मागमा आधारित अनुदान कार्यक्रम अन्तर्गत ४३ वटा मिनिटिलर वितरण गरिएको छ । पहिलो चरण अन्तर्गत वडा नं. २ र ४ का किसानहरुलाई ती मिनिटिलर वितरण गरिएको हो ।

किसानहरुलाई मिनीटिलर हस्तान्तरण गर्दै गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले आधुनिक कृषि वर्तमानको आवश्यकता भएको बताए । उनले असार मंसिरमा बालि लगाउन वर्षैभरी गोरु पाल्नु पर्ने बाध्यता विस्थापित गराउँदै लैजानु पर्ने बताए । उनले कृषिमा नयाँ नयाँ प्रविधिहरु भित्र्याई समय र लागतको बचतसँगै उत्पादन बढाउन सके किसानको जीवनस्तर सुध्रिने बताए ।

उनले कृषि क्षेत्रमा नयाँ प्रविधि, कृषि यान्त्रिकरण तथा आधुनिकीकरण प्रणालीमाफर्त कृषि अर्थतन्त्रलाई बलियो बनाउन कृषिमा आधुनिकीकरण, व्यावसायिकरण र यान्त्रिकीकरणमा जोड दिन जरुरी रहेकोले गाउँपालिकाले यसमा दत्तचित्त भएर काम गर्ने बताए ।

कार्यक्रममा उपाध्यक्ष तारा राना तिमल्सिनाले कृषि क्षेत्रमा वितरण भएको अनुदान सदुपयोग गरी वास्तविक किसानहरुलाई पहिचान गरी यान्त्रिकीकरणको प्रयोग बढाउन सके कृषिमा आधुनिकिकरण हुने विस्वास व्यक्त गरिन् । उनले बजारमुखी उत्पादन बढाई कृषिलाई व्यवसायका रुपमा बढाउँदै निर्वामुखी परम्परागत कृषिलाई विस्थापित गरिदै लैजानु पर्ने बताईन् ।

आधा रकम गाउँपालिका र आधा रकम किसानले तिर्ने प्रति मिनिटिरको मुल्य ३७ हजार ५ सय भएको गाउँपकालिकाले जनाएको छ । कूल १ सय १९ मिली टिलर बाँडने कार्यक्रम रहेको र बाकी वडाहरुमा पनि ती मिनी टिलर बाड्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले बताए । उनले जनशक्ति, लागत र समय समेत कम लाग्ने भएपछि पछिल्लो समय कृषि क्षेत्रमा यान्त्रीकरण प्रयोग बढ्दै गएको छ ।

मानवीय श्रम साधन अभाव भइरहेको अवस्थामा कृषिमा यान्त्रिकीकरणको प्रयोग गरेर खेती हुन थालेपछि कृषकहरु आत्मनिर्भर हुन थालेकोले पनि यस किसानहरुबाटै माग भइ आए बमोजिम मिनी टिलर वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस