काभ्रेमा जुवा खेल्दै गरेका वडा अध्यक्षसहित आठ जना पक्राउ
शुक्रबार, भाद्र ०८, २०८० | ११:२२:३६

काभ्रे । प्रहरीले जुवा खेलिरहेको अवस्थामा पाँचखाल नगरपालिका वडा नं १२ का वडा अध्यक्ष ज्ञान बहादुर दनुवारसहित ८ जनालाई पक्राउ गरेको छ ।
वडाअध्यक्ष दनुवारसहित अन्य ९ जनालाई पाँचखाल नगरपालिका संगै रहेको एउटा घरबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा वडाअध्यक्ष ज्ञान बहादुर दनुवार, प्रकाश सापकोटा, हरि ठकुरी, मित्र भुजेल, सुर्दशन रेग्मि, लाल बहादुर तामाङ, रामकुमार तामाङ र सुमन गुरुङ रहेका छन् ।
जुवाको खालबाट करिव नगद १ लाख ९० हजार रकम समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ।