गाँजा किन्न आएका थिए मृतक

काभ्रे । तीन दिनअघि बेथानचोक गाउँपालिकामा वेवारिसे अवस्थामा एउटा युवाको शव खोलामा भेटियो । मंगलबार भेटिएको युवाको शव एटिम कार्डको सहयोगमा प्रहरीले पत्ता लगायो । मृतक दोलखा मेलुङ स्थायी घर भएर हाल काठमाडौ बस्ने २८ बर्षका निर्मल बुढाथोकी रहेको पुष्टि भयो । शवको अवस्था हेर्दा मृत्यु प्राकृतिक थिएन ।

प्रहरीले हत्याको आशंका गरिरहेको थियो । त्यसपछि प्रहरी प्रमाण जुटाउन लाग्यो । प्रहरीले बेथानचोकसम्म मृतक सहित चार जना आएको पत्ता लगायो । तर अन्तिमसम्म भने अर्काे एक जनामात्रै युवा रहेको थाहा प्रहरीले पाईहाल्यो । प्रहरीले उनीसँग रहेका युवा दोलखाकै सैलुङका सुजन उप्रेती भन्ने थाहा पायो । प्रहरीले बुधबार लैनचौरबाट उनलाई नियन्त्रणमा लियो ।

उनीहरु बेथानचोक गाँजा किन्न आएका रहेछन् । पक्राउपछि प्रहरीले सो कुरा पत्ता लगायो । सो रात स्थानीय तीर्थराज तिमल्सिनाको घरमा उनीहरु बसेका रहेछन् । नौ किलो गाजाँको तिर्थराजले १० हजार मागेपनि उनीहरुले चार हजारमात्रै दिने भनेपछि डिल फाईनल हुन नसकेपछि तिर्थराजले भुकम्पपछि बनाएको नयाँ घरमा उनीहरुलाई सुताएछन् ।

रातको समयमा सो घरबाट निस्किएका उनीहरुको घरबाट दुई सय मिटर तल वादविवाद र हात हालाहाल समेत भएछ । सोही क्रममा बुढाथोकीको मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीको छ । प्रहरीसँगको वयानमा सामान्य घाइते अवस्थामा आफूले छाँडेको दाबी उप्रेतीको छ । तर प्रहरीले मान्छे मरेको सुनेपछि भागेर काठमाडांै गएको गाँजाको बिषयमा वादविवाद भएको आधारमा हत्या भएको भन्दै अदालतबाट पाँच दिनको म्याद थपेर अनुशन्धान थालेको छ । प्रहरीले गाँजा बेच्ने र घरमा राख्ने तिमल्सिनालाई समेत पक्राउ गरेर थप अनुशन्धान थालेको ईलाका प्रहरी कार्यालय बनेपाले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस