मानव बेचबिखन रोक्न काभ्रेमा माईती नेपाल सकृय

धुलिखेल | माईती नेपालको आयोजनामा काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानमा चेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ । बुधबार माइती नेपालको चेकप्वाईन्ट काभ्रेभज्याङ्गमा चेतनामूलक हाते पुस्तिका वितरण गरेको माईती नेपाल काभ्रेले बिहीबार भने धुलिखेलमा अन्तरकृया तथा निवन्ध प्रतियोगितामा विजयी हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ । मानव बेचविखन बिरुद्धको १७ औं राष्ट्रिय दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको प्रमुख आतिथ्यतामा अन्तर विद्यालय निवन्ध प्रतियोगितामा विजयी भएका विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ । जसमा प्रभा मावि चौरीदेउरालीको छात्रा निशा गिरी प्रथम, जागृती मावि चौरीदेउराली चौरी देउरालीकै छात्रा कौशिल्या ढुंगाना दोश्रो, श्री देउराली माविकी छात्रा अंञ्जली खरेल तेश्रो र पार्वती माविकी छात्रा सोनिसा जिसीले सात्वना पुरस्कार जित्न सफल हुनुभयो ।

प्रजिअ शर्माले काभे्र पलाञ्चोक जिल्लामा मानव अधिकारको बिषयमा धेरै काम गर्न बाँकी रहेको र योजना बनाएर सबैको समन्वय र सहकार्यमा अघि बढ्ने बताउनुभयो । सहायक प्रअिज आनन्द पौडेलले काभ्रेमा मानव वेचविखनको अवस्था कहालीलाग्दो भएकाले नियन्त्रणमा सबैले साझा प्रयास थाल्न आवश्यक रहेको औल्याउनुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल १५ नंम्बर गण पाँचखालका एसपी अच्युत कुमार मजगैयाँले शसस्त्र प्रहरीले मानव बेचबिखन नियन्त्रणमा गरिरहेको प्रयासको जानकारी दिनुभएको थियो ।

जिल्ला प्रहरी कार्यालयले समुदायमा प्रहरीसँगै विद्यालय स्तरमा पुगेर गरेको कार्यको बारेमा आफ्नो विवरण पेस गरेको थियो । कार्यक्रममा बरिष्ठ मानव अधिकारकर्मी भोजराज तिमल्सिनाले काभ्रेको मानव अधिकारको अवस्थाको बारेमा प्रस्तुती गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण माईती नेपालका जिल्ला संयोजक राजन पौडेलले गर्नुभएको थियो । काभ्रेका राजमार्गबाट हुन सक्ने बेचबिखनको कार्य नियन्त्रण गर्न माईती नेपालले विभिन्न नाकामा निगरानी बढाउने, चेकजाँच गर्ने काम माईती नेपालले गर्र्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस