काभ्रे । जिल्ला मण्डनदेउपुर नगरपालिकाले अचम्मको बिदा दिएको छ । नगरपालिकाका कर्मचारी र जनप्रतिनिधि थकित भएको भन्दै नगरपालिकाले थकान बिदा दिएको हो ।
नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै भोली असोज चार गते नगरपालिका भित्र थकान बिदा दिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी समाजवादीका काभ्रे जिल्ला अध्यक्षसमेत रहेका मेयर टोकबहादुर वाइवाले यस्तो अचम्मको बिदा दिएपछि यत्तिखेर सामाजिक सञ्जालमा उनी हासीमजाकका पात्र बनेका छन् ।




















