
काभ्रे । धुलिखेल नगरपालिका वडा नम्बर ८ पकुचा स्थित अरनिको राजमार्ग अबरुद्ध भएको छ ।
लामो समयदेखि अरनिको राजमार्ग अन्तरगत धुलिखेलदेखि खावा सम्म सडक निर्माण गर्ने क्रममा ढिलासुस्ती भएको भन्दै स्थानीयहरुले राजमार्ग अबरुद्ध गरेका छन् ।
स्थानीयहरुले बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रीका गाडी लगाएको सम्पुर्ण गाडी रोकेर बिरोध गरेका छन ।
स्थानीयहरुको माग भनेको “समयमा कालोपत्र” मात्र रहेको स्थानीयहरुले जानकारी दिए । समयमा कालोपत्र नभए सडक अबरुद्ध गरि रहने स्थानीयहरुले बताए ।