सोमबार, बैशाख ०७, २०८३
एमाले वागमती प्रदेश कमिटीमा काभ्रेबाट काे-काे भए निर्बिराेध ?

काभ्रे । काभ्रेबाट नेकपा एमाले बागमती प्रदेशको जारी पहिलो अधिवेशनबाट सबै काेटामा सर्वसम्मत निर्वाचित भएका छन् । काभ्रे जिल्लाको भागमा सदस्य संख्याकाे आधारमा २० जना काेटा परेकाे थियाे ।

सर्बसम्मत हुनेहरुमा क्षेत्र नम्बर १ तर्फ दिलिप तामाङ, जित बहादुर रानामगर र गीता बञ्जारा, क्षेत्र नम्बर २ तर्फ हरिशरण दाहाल, कञ्चन अधिकारी, युवा तर्फ राकेश लामा, बिमला सञ्जेल, दलित तर्फ गीता सुनार, जिल्ला खुल्लबाट इन्द्र तामाङ, काकुर बाँस्कोटा, चुडामणी गौतम, कुमार तिमल्सिना, विदुर प्रसाद सापकोटा, नोर्बु लामा, टुल्कु लामा, रमेश पौडेल, मञ्जु गौतम, डा. अम्बुभवानी कार्की र अम्बिका हमाल रहेका छन् । यसरी सर्वसम्मत निर्वाचित हुनेमा सबै सदस्यको पदका हुन् ।

त्यसैगरि काभ्रे जिल्लाबाट पदाधिकारीमा दुई जनाको उम्मेदवारी परेको छ । उपसचिबमा भक्तकुमारी लामा र रीता गौतम ढकालको उम्मेदवारी परेको हो । त्यस्तै प्रदेश तर्फ खुल्ला सदस्यमा काभ्रेबाट कम्तीमा ५ जनाको उम्मेदवारी परेको एमाले काभ्रेले जनाएकाे छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय