
काभ्रे । जिल्लाको बनेपा नगरपालिका वडा नं १ टिमुरेचौर, घिमिरे गाउँमा एकजनाको हत्या गरिएको छ । हत्या हुनेमा सिन्धुली जिल्लाको मरिण गाउँपालिका वडा नं ५ का दूधलाल थिङ रहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
थिङको हत्यामा संलग्न चागुनारायण नगरपालिका वडा नं ८ का समिर राय र बनेपा नगरपालिका वडा नं १ का इश्वर विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार मादक पदार्थ सेवन गरेका राय र विकको सोही स्थानमा मजदुरी गर्दै आएका थिङ विच भनाभन भएको थियो । राय र विकले क्षणिक आवेग नियन्त्रण गर्न नसकि थिङलाई भुईमा लडाई पछाडीबाट टाउकोमा ढुंगा प्रहार गरी फरार भएका थिए । घटना घटाउदा बखत उनीहरुले प्रयोग गरेको कपडा समेत प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेकाहरुलाई मुलुकी फौजदारी अपराध संहिता ऐन २०७४ को ज्यान सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।